भारतमा थप ३ लाख ६८ हजारभन्दा बढी संक्रमित, ३४१७ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भारतमा थप ३ लाख ६८ हजारभन्दा बढी संक्रमित, ३४१७ को मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ६८ हजार १ सय ४७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १५ लाख ४ हजार ६सय ९८ पीसीआर परीक्षणमध्ये तीन लाख६८ हजार १ सय ४८ मा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमित हुनेको जम्मा संख्या एक करोड ९९ लाख २५ हजार ६ सय ४ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ४ सय १७ को संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा जम्मा दुई लाख १८ हजार ९ सय ५९ ले संक्रमणका कारण ज्यान गुमाई सकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका तीन लाख ७ सय ३२ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या एक करोड ६२ लाख ९३ हजार ३ पुगेको छ ।
हाल भारतमा ३४ लाख १३ हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);