भारतमा पछिल्लो २४ घण्टामा हालसम्म कै उच्च संक्रमितको रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा हालसम्म कै उच्च संक्रमितको रेकर्ड

एजेन्सी । दैनिक कोरोना संक्रमित संख्या र मृत्युदर उच्च भएको रेकर्ड बनिरहेको भारतमा पछिल्लो २४ घण्टामा पनि हालसम्म कै उच्च संक्रमितको रेकर्ड बनेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १८ लाख २ हजार ४ सय ९० परीक्षणमध्ये चार लाख १४ हजार १ सय ८८ मा संक्रमण पुष्टि भएको हो । अघिल्लो २४ घण्टामा पनि चार लाख १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमध्ये सबैभन्दा धेरै ६२ हजार एक सय ९४ महाराष्ट्रका, कर्नाटकका ४९ हजार ५८, केरलाका ४२ हजार ४ सय ६४, उत्तर प्रदेश का २६ हजार ७ सय ८०, तमिलनाडुका २४ हाजर ८ सय ९८ र दिल्लीका २० हजार रहेका छन् ।

योसँगै भारतमा संक्रमित हुनेको जम्मा संख्या दुई करोड १४ लाख ९१ हजार ५ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९ सय २० संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३४ हजार ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका तीन लाख ३१ हजार ५ सय ७ सहित भारतमा हालसम्म एक करोड ७६ लाख १२ हजार ३ सय ५१ ले कोरोनालाई जितेका छन् ।

हाल भारतमा तीन लाख ३६ लाख ४५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म १६ करोड ४९ लाख ७३ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

यसैक्रममा भारतीय सर्वोच्च अदालतले भारत कोरोना भाईरसको तेस्रो लहरका लागि तयार रहनु पर्ने बताएको छ । विज्ञहरुका अनुसार कोरोनाको तेस्रो लहर झन् खतरनाक हुने र यसले विषेशगरी बच्चाहरुलाई जोखिम बढ्ने छ ।

यो पनि पढ्नुहोस

भारतमा २४ घण्टामा ४ लाख १२ हजारभन्दा बढी संक्रमित, झन्डै ४ हजारको मृत्यु

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);