माल्दिभ्समा भएको विस्फोटमा पूर्वराष्ट्रपति नासिद घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

माल्दिभ्समा भएको विस्फोटमा पूर्वराष्ट्रपति नासिद घाइते

एजेन्सी । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिद राजधानी मालेमा भएको एक विस्फोटमा घाइते भएका छन् ।

कोरोना संक्रमण बढेपछि बिहीबार रातिबाट मालेमा कर्फ्यू घोषणा गरिएको र कर्फ्यूको पूर्वसन्ध्यामा अघि पूर्व राष्ट्रपतिमाथि आक्रमण भएको हो ।

विस्फोटमा पूर्वराष्ट्रपति नासिद घाइते भएको र एडीके अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । नासिदको घरबाहिर रहेका गाडीहरुमा विस्फोटका कारण क्षति पुगेको छ ।

विस्फोटमा एक विदेशी नागरिकसहित चारजना घाइते भएको र उनीहरुको पनि एडिके अस्पतालमा नै उपचार भइरहेको बताइएको छ । घटनापछि नासिदको घर बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);