पाकिस्तानको क्वेटामा भएको बम विस्फोटमा ९ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

पाकिस्तानको क्वेटामा भएको बम विस्फोटमा ९ जना घाइते

काठमाडौं,४ माघ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा शहरमा भएको बम विस्फोटमा एक जना प्रहरीसहित ९ जना घाइते भएका प्रहरी र स्वास्थ्य अधिकारीहरूले बताएका छन् । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको जरघून रोडको छेउमा रहेको फोहोरको थुप्रोमा बिस्फोट भएको स्थानीय प्रहरीले बताएको छ ।

प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई क्वेटाको ट्रमा सेन्टर तथा आपतकालीन विभागमा सारिएको छ ।

केन्द्रका प्रवन्ध निर्देशक अरबाब कामरानले घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

प्रहरीले उक्त क्षेत्रलाई घेरा हालेर अनुसन्धान थालेको छ । बम फोहोरको छेउमा राखिएको र तीन बालबालिका त्यसमा खेल्दै गर्दा बिस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);