लहानमा बम विस्फोट, ६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लहानमा बम विस्फोट, ६ जना घाइते

lahan bomb

सिरहा, ९ चैत । सिरहाको लहानमा बम विस्फोट भएको छ । लहान नगरपालिका ७ स्थित विकास ट्रेडर्स, सुनचाँदी पसलमा अपरिचित व्यक्तिले राखेको बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको छ । शुक्रबार लहानमा हाट बजार लाग्ने गरेकाले सुनचाँदी पसलमा भिड थियो । त्यहि भिडमा एक अपरिचित आएर शंकास्पद झोला राखेका थिए । उनले झोला राखेको केही बेरमै विस्फोट भएको स्थानीयले बताएका छन् ।

घटनास्थलबाट करिब ५ सय मिटर उत्तरमा शसस्त्र प्रहरी प्रहरी र त्यतिकै दूरी दक्षिणमा इलाका प्रहरी कार्यालय रहेको छ । बम राख्ने व्यक्तिको खोजी भइरहेकोे लहान प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);