कास्कीमा विजयपुर खेलाको पुल नजिकै बम विस्फोट हुँदा दुईजना घाइते, | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कास्कीमा विजयपुर खेलाको पुल नजिकै बम विस्फोट हुँदा दुईजना घाइते,

कास्कीको विजयपुर खोलाको पुल नजिक बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

bom bispot

काठमाडौं, ८ फागुन । कास्कीको विजयपुर खोलाको पुल नजिक बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । शंकास्पद वस्तु देखिएपछि पुल नजिकै पुगेर पत्रकार घनश्याम पाण्डेले फोटो खिच्ने क्रममा विस्फोट हुँदा पाण्डेसहित प्रहरी जवान कुलबहादुर खत्री सामान्य घाइते भएका हुन् । विस्फोटमा परी घाइते भएका दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार बम राख्ने व्यक्ति वा समूहबारे अनुसन्धान भइरहेको छ । यसैबीच पोखराको नागढुंगा र शान्ती स्तुप नजिक पनि शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । झोलामा राखिएको शंकास्पद वस्तुका कारण करिब एक घण्टा सडक अवरुद्ध भएको थियो ।

उता, बाग्लुङको पुरानो बसपार्कमा अज्ञात समूहले राखेको बम पनि नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी दिए ।

सोमबार राति नै बागलुङ नगरपालिका–२ धवलागिरि चोकमा बम विष्फोट भएको थियो । मंगलबार बन्द आह्वान गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बम विष्फोट गराएको आशंका गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);