डडेल्धुराका कृषकलाई क्षतिपूर्ति प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डडेल्धुराका कृषकलाई क्षतिपूर्ति प्रदान

विमल जैरु
डडेल्धुरा, ८ फागुन
। बन्यजन्तुले बाली नष्ट गरेपछि निरास भएका डडेल्धुराका कृषकलाई सरकारले क्षतिपूर्ति दिएको छ । बदेल लगायतका बन्यजन्तुले बाली नष्ट गरेपछि मारमा परेका कृषकलाई सरकारले रहात स्वरुप क्षतिपूर्ति दिएको हो ।

बन्यजन्तुले बाली नष्ट गरेपछि निरास भएका कृषलाई सरकारले क्षतिपूर्ति दिएपछि खुसी भएका छन् । अमरगढी नगरपालिकाका ३८ कृषकलाई राहत स्वरुप क्षतिपूर्ति दिइएको हो । कृषकहरुले राहत भन्दा पनि बन्यजन्तुको दिर्घकालिन व्यवस्थापन गर्न माग गरेका छन् ।

वन्य जन्तुबाट हुने बालीनालीको नोक्सानी राहत निर्देशिका अनुसार जिल्ला कृषि विकास कार्यालयले पीडित कृषकलाई क्षतिपूर्ति दिएको हो । कार्यालयले राहत स्वरुप प्रति परिवार १० देखि ७ हजारको दरले उपलब्ध गराइएको छ । ८६ जनाले दिएको निवेदन मध्ये अहिले ३८ जनलाई दिइएको हो । बाँकीको मुचुल्का कागजात नमिलेकाले क्षतिपूर्ति नपाएका हुन् ।

बाली नष्ट भएर पीडित कृषकहरुको घाउमा मलम लगाउन राहत स्वरुप क्षतिपूर्ति दिइएको अमरगढि नगरपालिकाको भनाई छ । नगरपालिकाले बन्यजन्तुको व्यवस्थापन गर्ने तयारी गरेको छ । पीडित कृषले क्षतिपूर्ति पाएपछि राहतको अनुभव त गरेका छन् । तर दिर्घकादिन रुपमा बन्यजन्तुको व्यवस्थापन गर्नु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);