बाँके राष्ट्रिय निकुञ्ज आसपासका कृषक मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाँके राष्ट्रिय निकुञ्ज आसपासका कृषक मारमा

जागेश्वर थारु
बाँके, ७ जेठ । बाँके राष्ट्रिय निकुञ्ज आसपासका कृषक मारमा परेका छन् । निकुञ्जका जनवारले कृषकले पालेको पशु चौपाया र बाली खाँदा कृषक मारमा परेका हुन् । कृषकहरुले क्षतिपूर्ति र बस्ती वरिपरि तारबार लगाउन माग गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका जनवारले कृषकहरुले पालेको घर पालुवा जनवार खाँदा कृषक मारमा परेका छन् । निकुञ्जबाट आउने चितुवाले बाख्रा, बगुंर, गाई लगायतका पशु चौपाया खाने गरेका छन् ।

त्यस्तै निलगाई, बादर, जरायो, बदेलले धान, गहुँ, मसुरो, मकै लगायतका बाली खाने गरेका छन् । वन्यजन्तु गाउँमा पस्न नदिन कृषकले तारबार लगाएपनि प्रभावकारी हुन सकेको छैन ।

वन्यजन्तु पीडितहरुले राहत र क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । निर्देशिका अनुसार पीडितहरुले क्षतिपूर्ति पाउनुपर्ने भएपनि पीडितहरुले राहत नपाएको सरोकारवालाको भनाइ छ ।

पछिल्लो समय निकुञ्जमा वन्यजन्तुको संख्या बढ्दै गएको छ । निकुञ्ज प्रशासनले वन्यजन्तुबाट हुने क्षति कम गर्न बस्ती वरिपरि तारबार लगानुपर्ने भएपनि पर्याप्त मात्रामा तारबार लगाएको छैन । तर निकुञ्जले तारबार लगाउने काम भइरहेको दाबी गरेको छ ।

बाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा सरकारले बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरेको हो । पछिल्लो समय निकुञ्जमा वन्यजन्तुको संख्या बढ्दै गएको छ । वन्यजन्तुबाट हुने क्षति कम गर्न बस्ती वरिपरि तारबार लगाउन र क्षतिपूर्ति उपलब्ध गराउन कृषकहरुले माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);