कञ्चनपुरमा छाडा पशु नियन्त्रण गर्ने अभियान अप्रभावकारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कञ्चनपुरमा छाडा पशु नियन्त्रण गर्ने अभियान अप्रभावकारी

pashu kanchanpur

पुष्कर भट्ट
कञ्चनपुर, ३१ असार
। कञ्चनपुरका स्थानीय सरकारले छाडा पशु चौपाया नियन्त्रण गर्ने अभियान चलाएपनि प्रभावकारी भएको छैन । पशु चौपाया नियन्त्रण नहुादा कृषक मारमा परेका छन् ।

कञ्चनपुरका अधिकांश सथानीय सरकारले छाडा पशु चौपाया नियन्त्रण गर्न बजेट नै छुट्टाएका छन् । स्थानीय सरकारले पशु चौपाया नियन्त्रण गर्न डेढ करोड रकमसम्म पनि खर्च गरेका छन् । छाडा पशु चौपाया नियन्त्रणका लागि महाकाली नगरपालिकाले १० लाख विनियोजन गरेको मध्ये ३ लाख, शुक्लाफाँटा नगरपालिकाले ४० लाख विनियोजन मध्ये १७ लाख र भीमदत्त नगरपालिकाले ७० लाख रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै बेदकोट नगरपालिकाले ३६ लाख, कृष्णपुर नगरपालिकाले १८ लाख खर्च गरेको छ । तर, पशु चौपायाको समस्या जस्ताको त्यस्तै छ । छाडा पशु चौपायाले राजमार्गमा दुर्घटना बढ्नुकासाथै कृषकले लगाएको अन्नबाली नष्ट गर्ने गरेको छ ।

छाडा चौपायाका कारण राजमार्गमा दुर्घटना बढेको र ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको ट्राफिक प्रहरीको भनाइ छ । स्थानीय सरकारले पशु चौपाया नियन्त्रण गर्न प्रभावकारी बनाउने बताएको छ । छाडा पशु चौपायालाई कान्जी हाउसमा लैजाने प्रक्रिया भइरहेको स्थानीय सरकारको भनाइ छ ।

कृषकहरुले जथाभावि पशु छोड्दा समस्या भएको सरोकारवालाको भनाइ छ । छाडा पशु चौपाया नियन्त्रण गर्न कृषक र स्थानीय सरकारले आवश्यक योजना बनाउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);