कञ्चनपुरमा छाडा पशु चौपाया व्यवस्थापनमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कञ्चनपुर, ११ पुष । कञ्चनपुरमा छाडा पशु चौपाया व्यवस्थापनमा समस्या भएको छ ।

किसानले दुध दिँदासम्म घरमा पाल्ने र दुधदिन छोडेपछि खुला छाड्ने गरेका कारण व्यवस्थापनमा समस्या भएको हो । पशु चौपाया व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदिएको सरोकारवालाको भनाई छ ।

छाडा छोडिएका पशुका कारण राजमार्गमा दुर्घटना बढेको छ । त्यस्तै खेतबारीको अन्नबाली नष्ट गरिदिएको स्थानीयको गुनासो छ । स्थानीयले छाडा पशु व्यवस्थापनको माग गरेपनि सम्बन्धित निकायले पहल नगरेको गुनासो गरेका छन् । उता भीमदत्त नगरपालिकाले भने छाडा पशु व्यवस्थापनको काम भइरहेको जनाएको छ ।

छाडा पशु व्यवस्थापनका लागि नगरपालिकाले जथाभाबी पशु नछाड्न सचेत गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);