कञ्चनपुरको महेन्द्र राजमार्गमा छाडा चौपायको बिगबिगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कञ्चनपुरको महेन्द्र राजमार्गमा छाडा चौपायको बिगबिगी

पुष्कर भट्ट, १३ बैशाख, कञ्चनपुर ।
सवारी साधन गुड्ने कञ्चनपुरको महेन्द्र राजमार्गमा छाडा चौपायको बिगबिगी बढेको छ। दुई लेन सडकबीचबाट छाडा चौपाया आवतजावत गर्ने भएपछि दुर्घटना र जाम बढाएको छ। तर कञ्चनपुरमा छाडा चौपाया नियन्त्रण गर्ने सरोकारवाला निकाय भने मुकदर्शक भएर बसेको स्थानीयको भनाइ छ ।

कञ्चनपुरको सडकमा राज गरेका छाडा साढेकै कारण सडक दुर्घटना बढेको र सवारी आवत जावतमा बाधा पुगिरहेको छ । नगरभित्रका सडकमा ठिङ्ग उभिएका र दौडिरहेका पशुचौपायाले पैदल यात्री र सवारी चालकको सातोपुत्लो लिन्छन् ।

सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाई, गोरुले आवत जावतमा अवरोध र सडक दुर्घटना बढाएको छ । कञ्चनपुरमा बूढा पशुचौपाया गाई, गोरु सडकमा ल्याएर छोड्ने र गाडीको ठक्करबाट मार्ने संस्कार नै भइसकेको छ । तर आँखै अगाडि दुर्घटना देख्दा प्रहरी र नगपालीका मुकदर्शक देखिन्छन् । सडकमा गुड्ने सवारी चेकजाच र सडकमा हुने भिडभाड नियन्त्रणको जिम्मा लिएको ट्राफिक प्रहरीले सवारी चेकजाचका नाममा रकम असुली बाहेक अन्य कुरामा ध्यान नदिएको सवारी चालकहरुको गुनासो छ ।

यो दृश्यले पनि राजमार्गको अवस्था प्रष्ट्याउँदै लैजान्छ । यातायातका सवारी साधनहरु आवत जावत गर्ने राजमार्गमा यसरी जनावरको राज छ । जुन अधिकांस दुर्घटनाको कारक बनेको छ । विगत ९ महिनामा मात्रै कञ्चनपुर जिल्लामा ४१ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यु र ४० जना घाईते भएका छन् । जस मध्ये ६० प्रतिशत दुर्घटना छाडा चौपाया कै कारण हुने गरेको तथ्याङ्कले देखाउछ । पर्यटकहरुले समेत अव्यवस्थाप्रति चिन्ता व्यक्त गर्ने गरेका छन् ।

कतिपय स्थानमा सवारी साधनले पशु चौपायालाई ठक्कर दिएर घाइते बनाउँछन् र मार्छन् । यसरी मरेका चौपाय हप्तौसम्म सडकबाट हटाइँदैन । कञ्चनपुरमा केहि वर्ष यता यस्तो क्रम बढ्दो छ । दिनहुँ सडकमा हिड्ने सवारी साधनहरुको जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँच गर्ने गरेको छ।स्थानीय स्वायत्त शासन ऐन २०५५ को नियम (९६) मा छाडा पशु पक्राउ गरी लिलाम गर्ने व्यवस्था छ। छाडा पशुलाई पूर्ण रूपमा सडकबाट मुक्त पार्न सकिएको छैन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);