गाई बस्तुलाई सडकमा छाडा छोड्ने क्रम अझै रोकिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

गाई बस्तुलाई सडकमा छाडा छोड्ने क्रम अझै रोकिएन

छाडा चौपायाकै कारण ६० प्रतिशत सडक दुर्घटना

अन्जना तिमल्सिना

काठमाडौं, २३ फागुन । उपत्यकामा थारा गाई तथा साँढे र बाच्छाबाच्छीलाई सडकमा छाडा छोड्ने क्रम अझै रोकिएको छैन । सहरका चोक, गल्ली र मूल सडक एवम् चौबाटामा छाडा गाई, साँढे र बहरले आश्रय लिँदै आएका छन् ।

छाडा चौपायाकै कारण ६० प्रतिशत सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ । खाने र बस्ने अभावमा रहेका रोगी, घाइते, भोका तथा पानी खान समेत नपाएका दिनहुँ दुर्घटनामा पर्ने गरेका छाडा चौपायालाई पाल्ने व्यवस्था मिलाउन राजधानीमा पर्याप्त गौशाला छैन । राजधानीकै ठूलो समस्याका रुपमा रहेका राष्ट्रिय जनावर गाई, साँढे, साना बहर तथा पाशुपत क्षेत्रमा बर्सेनी छाडिने साँढे र त्यसको संरक्षण नगर्ने परिपाटीले गर्दा ठूलो समस्या राजधानीबासीले भोग्दै आएका छन् ।

स्मार्ट सिटीको योजना बनाइरहेको महानगरपालिकालाई पनि छाडा चौपायाको समस्याले टाउको दुखाएको छ । गत आर्थिक वर्षमा मात्रै छाडा छाडिएका २ सय ९० गाई नियन्त्रणमा लिइएको छ भने चालु वर्षको ८ महिनाको अवधिमा १ सय ३० भन्दा बढी गाईहरु नियन्त्रणमा लिइएको महानगरपालिकाले जनाएको छ । ती सबै गाईलाई लिलामीका लागि टेकुस्थित कन्जा हाउसमा राखिएको छ ।

महानगरपालिकाकै कमजोरीले छाडा चौपाया व्यवस्थापनको समस्या समाधान नभएको कतिपयको भनाइ छ । छाडा चौपायाको उचित ब्यबस्थापनमा महानगर उदाशीन भएकै कारण समस्या बढ्दै गएको मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान २०७१ का अध्यक्ष आरबी न्यौपाने बताउँछन् ।

सरकारी स्तरबाट छाडा चौपायाको ब्यवस्थापनमा कुनै पहल नभएको भन्दै उनले पशुपति क्षेत्रमा मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान २०७१ सुरु गरेका थिए । त्यहाँ अहिले १ सय ७० भन्दा बढी गाई छन् ।

छाडा चौपाया व्यवस्थापनका लागि सरकारी स्तरबाट गरिएका प्रयास प्रभावकारी देखिएका छैनन् । जसका कारण शहरलाई कुरुपमात्रै भएको छैन, दुर्घटनाको जोखिम पनि उत्तिनै बढिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);