प्रदेशको राजधानीमै छाडा चौपायाको आतंक, जनप्रतिनिधि मौन | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

प्रदेशको राजधानीमै छाडा चौपायाको आतंक, जनप्रतिनिधि मौन

जनकपुरधाम देश २ को राजधानी जनकपुरधाम छाडा चौपायाका कारण  अस्तव्यस्त देखिएको छ । जनकपुरका प्रमुख चौक तथा सडकहरूमा खुला रूपमा हिँडिरहेका चौपायाका कारण ट्राफिक समस्यासँगै सवारी दुर्घटना घटना हुन थालेका छन् ।

तर, यसलाई नियन्त्रण गर्न जनकपुरधाम उपमहानगरपालिकाले प्रभावकारी कार्य गर्न सकेको छैन । पटक पटक खुला रूपमा रहेको छाडा चौपायालाई नियन्त्रण गर्न विभिन्न कारबाही गर्ने गरी सूचना जारी गर्दा पनि यो नियन्त्रणमा आउन सकेको छैन । 

प्रदेश २ को राजधानी भएपछि यहाँ यातायातको संख्यामा वृद्धि भएको छ । त्यसअनुरुप नै जनकपुरधामको विकासको लागि एडीबीको सहयोगामा सडक चौँडा गर्नेदेखि लिएर कालेपत्र गर्नेसम्मका काम भएको छ । तर, सडक चौँडा भए पनि यस सडकमा खुला रुपमा बिच सडकमै घुमिरहेको गाई, सुँगुर, कुकुर लगायतका जनावरलाई नियन्त्रण गर्न नसक्दा सडक अस्तव्यस्त बनेको देखिन्छ । 

उपमहागरपालिकाले आफ्नोतर्फबाट छाडा चौपाया नियन्त्रण गर्न अभियान चाले पनि सफल हुन सकेको छ्रैन । सडकमा हिँडिरहेका चौपायाहरूले गाडीको ठक्करबाट दिनहुँ ज्यान गुमाइरहेको छ भने मृत्यु भएका चौपायाको उचित व्यवस्थापन नहुँदा सहर नै  दुर्गन्धित् हुने गरेको छ । 

जनकपुरधामको पिराडी चौकमाआफ्नो व्यवसाय गर्दै आएका ललन साहका अनुसार छाडा चौपायालाई नियन्त्रण गर्न गाईबस्तुको मालिकलाई आफ्नो नियन्त्रणमा नराखेसम्म समस्या समाधान हुँदैन । 

त्यस्तै जनकपुरधाममा ई–रिक्साचलाउँदै आएको रामभगत महतोले खुला छाडा चौपायाको कारणले आफुहरूलाई रिक्सा चलाउनसमेत समस्या भएको बताए । छाडा चौपायाको समस्या समाधानका विषयमा जनप्रतिनिधिले जवाफ दिन चाहेनन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);