सुर्खेतमा छाडा चौपायाका कारण सडकहरु अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

सुर्खेतमा छाडा चौपायाका कारण सडकहरु अस्तव्यस्त

chada chaupaya

विवश कुमार सेजुवाल 
सुर्खेत, १५ साउन । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भए पश्चात जनघनत्व बाक्लीँदै गएको छ । जनघनत्व बृद्धि भएसंगै वीरेन्द्रनगरका सडकहरु अस्तव्यस्त भएका छन् । त्यसमाथि सडकमा छोडिएका छाडा गाईहरुले गर्दा सवारी साधन र पैदल यात्रुहरुलाई आवतजावतमा कठिनाई हुन थालेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा छाडा छोडिएका चौपायाले सडकमा पैदल यात्रु तथा सवारी साधनहरुलाई आवतजावतमा कठिनाई हुन थालेको छ । गाईले दुध दिने बेलासम्म गाईको दुध दोएर खाने र गाईले दुध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले वीरेन्द्रनगर सुर्खेतका सडकहरु अस्तव्यस्त हुन थालेका हुन् ।

बीच सडक तथा दाँयाबाँया जताततै छोडिएका गाइ भेटिन्छ । यसरी सडकमा छाडा छोडिएका गाईले सवारी चालकहरुलाई धेरै समस्या मात्र भएको छैन, सडकमा दुर्घटना समेत बढाएको छ ।

वीरेन्द्रनगर नगरपालिका यस्तो समस्या पहिले पनि देखिएको र नगरपालिकाको पहलबाट छाडा पशूको समस्या समाधान गरिएको थियो । तर पटकपटक समस्याको व्यवस्थापन गरिए पनि यो समस्या पटकपटक देखिन थालेको हो । यस्तो समस्यालाई दिर्घकालीन समाधानका लागि वीरेन्द्रनगर नगरपालीकाले वायु ग्याँस उत्पादनको लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ । केन्द्रिय बैकल्पीक उर्जा अन्तर्गत के.पी व्यावसायी मार्फत अगाडी बढाएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहन माया ढकालले बताउनु भयो ।

छाडा चौपायाहरुका कारण सुर्खेतको वीरेन्द्रनगर मात्र होइन देशकै राजधानी काठमाडौँ लगायत धेरै सहरका सडकहरु अस्तव्यस्त हुने गरेको छ । चौपायाका कारण सडक दुर्घटनाका सम्भावनाहरु बढ्ने गर्दछ ।

घरपालुवा जनावार खुला छोड्न पाईदैन । छोडेमा स्थानीय सरकारले कारबाही गर्न सक्ने व्यवस्था छ । तर सरकारले गरेको व्यवस्था सम्बन्धितलाई कारबाही र दण्ड सजाय नहुँदा सडक र सार्वजनिक ठाउँ चौपायाका कारण फोहर भएको छ भने सवारी दुर्घटना समेत बढाइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);