तीन जिल्लाको वडा कार्यालयमा आगजनी तथा बिस्फोट, महत्वपूर्ण कागजात जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तीन जिल्लाको वडा कार्यालयमा आगजनी तथा बिस्फोट, महत्वपूर्ण कागजात जलेर नष्ट

aaglagi

काठमाडौं, १५ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ ।

वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको बताइएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । यस्तै कार्यालय भवनमा क्षति पनि भएको छ । त्यसैगरी नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा पनि मंगलबार राति बम बिस्फोट भएको छ । बिस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ । रौतहटको चन्दपुर नगरपालिकाको गैँडाटार वडा कार्यालयमा पनि मंगलबार राति नै आगजनी भएको छ ।

आगजनीका कारण कार्यालयमा क्षति भएको छ । आगजनी तथा बिस्फोटको जिम्मा भने अहिलेसम्म कसैले लिएका छैनन् । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);