बर्दियामा अज्ञात समूहद्वारा आगजनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बर्दियामा अज्ञात समूहद्वारा आगजनी

aagolagi

बर्दिया, २४ असार । बर्दियाको गेरुवा गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

सोमबार राति अज्ञात समूहले गाउँपालिकाको कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आगजनीबाट गाउँपालिकाको कार्यालय र त्यहाँ राखिएका कागजात पूर्णरुपमा ध्वस्त भएका छन् । आगजानीको जिम्मेवारी कसैले लिएको छैन ।

तर, घटनास्थलमा नेत्रवित्रम चन्द नेतृत्वको नेकपाको भेरी कर्णाली ब्यूरोको पर्चा भेटिएको प्रहरीले जनाएको छ । आगलागी भएको थाहा पाएलगत्तै घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय पाताभारको टोलीका ईन्चार्ज प्रहरी निरीक्षक यमबहादुर मल्ल छत लडेर घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);