जनशक्ति र उपकरणको अभावमा इलाम जिल्ला अस्पताल अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जनशक्ति र उपकरणको अभावमा इलाम जिल्ला अस्पताल अस्तव्यस्त

illam hospital

टिका खतिवडा
इलाम, २४ असार । इलामको जिल्ला अस्पतालको पर्याप्त भवनहरु हुँदा हुँदै पनि जनशक्ति र उपकरणहरुको अभावमा अस्तव्यस्त अवास्थामा छ । ५० शैयाको जिल्ला अस्पतालमा १६ जना विशेषज्ञको दरबन्दी रहेपनि दुई जना विशेषज्ञ मात्र कार्यरत छन् । अस्पतालमा विशेषज्ञको अभावले इलाम लगायत, ताप्लेजुङ , पाँचथरका विरामीहरु उपचारकै लागि झापा तथा भारतका अस्पतालहरुमा पुग्न बाध्य छन् ।

इलाममा रहेको एक मात्र अस्पताल जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र प्रविधिहरु नभएकाले इलामवासी सामान्य उपचारका लागि पनि झापा तथा भारतका अस्पतालहरु धाउन बाध्य छन् । जनशक्ति अभाव मात्र नभई राम्रो आइसियु सेवा समेत नभएकाले इलाम लगायत पाँचथर ताप्लेजुङका विरामीहरु पनि मर्कामा परेका छन् । इलाम, पाँचथर र ताप्लेजुङलाइ पायक पर्ने गरी सुविधा सम्पन्न अस्पताल हुनु पर्ने स्थानीयको भनाई छ ।

इलाम अस्पताल ५० शैयाको हो । विशेषज्ञहरु अस्पतालमा आउन मान्दैनन् । १६ जना विषेशज्ञको दरबन्दी भएको जिल्ला अस्पतालमा जम्मा दुई जना विशेषज्ञ, एक जना मेसु र पाँच जना एमबीबीएसहरु कार्यरत रहेका छन् ।

विशेषज्ञ तथा प्रविधिको अभावमा सामान्य उपचारका लागि पनि विरामीहरुलाई अन्य पठाइन्छ । इलाम अस्पताल सुविधा सम्पन्न नहँुनु र भएको एउटा सामुदायिक अस्पतालमा पनि बन्द भएपटि उपचारका लागि झापा तथा भारतका अस्पतालहरु जाने क्रममा बाटैमा विरामीको मृत्यू हुने जस्ता अप्रिय घटनाहरु पनि घटेका छन् ।

सरकारद्वारा खटाइए पनि अस्पतालमा नजाने विशेषज्ञहरुको समस्या बुझेर अस्पताल पु¥याइनु पर्छ भने आवश्यक प्रविधिहरुको व्यवस्था पनि चाँडो गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);