इलाम अस्पतालमा थाइराइड परिक्षण गर्ने मेसिन भित्रियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इलाम अस्पतालमा थाइराइड परिक्षण गर्ने मेसिन भित्रियो

टिका खतिवडा
इलाम, ३२ साउन । इलाम अस्पतालले थाइराइड परिक्षण गर्ने मेशीन खरिद गरेपछि जिल्लावासीले थाइराइड परिक्षण गर्न जाने झन्झट हट्ने भएको छ । महंगो मुल्य तिरेर झापा, मोरङ, काठमाडौं लगायत भारतका विभिन्न अस्पतालमा जानु पर्ने झन्झट हट्ने भएको हो ।

खरिद गरिएको मेसिन सञ्चालनको तयारी समेत गरिएको छ । अस्पतालले दश लाख खर्च गरेर थाइराइड परिक्षण गर्ने चाइनिज मेशीन खरिद गरेको हो । यो मेसिनले भदौ सुरुबाट विरामीहरुको परिक्षण गर्न थाल्ने अस्पताल प्रशासनले बताएको छ । जिल्लामा नै यो सेवा सञ्चालन हुदाँ यसबाट दुर्गममा भएका गरिव र सामाजिक स्वास्थ्य विमा भएका विरामीहरुलाई राहत पुग्ने विश्वास गरिएको छ।

पाँच वर्ष अगाडी ५० शैयामा स्तर उन्नति भएको अस्पतालमा बहिरंग, इमरजेंसी साथै एक्स रे, भिडियो एक्स रे लगायतका सेवा संचालनमा रहेका छन् । भरपर्दो सुविधा नहुँदा विरामीहरु बढी जसो अन्यत्र रिफर लिएर जाने गरेका छन् । इलाम अस्पतालमै आधुनिक उपकरण जडान भएपछि अन्य अस्पतालमा धाउन बाध्य सेवाग्राहीलाई सजिलो हुने यहाँका स्थानीयको अपेक्षा छ ।

अस्पतालमा मेसिन फिट गरिसकेपछि अन्य सरकारी अस्पतालमा रहेको दररेट हेरेर सहुलियतमा परिक्षण शुल्क तोकिने डा.रायमाझिले बताउनु भएको छ । इलाम अस्पतालमा १७ जना चिकित्सकको दरवन्दि भएपनि हाल एक जना मात्र बिशेषज्ञ डाक्टर छन् ।

अस्पतालमा इलाम जिल्ला लगायत पाँचथरका विरामी सेवा लिन आउने गरेका छन् । यस मेसिन सञ्चालन भएमा जिल्लावासीलाई मात्र हैन पाँचथर, ताप्लेजुङ, तेह्थुम लगायतका विरामीलाई पनि सहज हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);