टाउको नचिरेर गर्ने नशा अपरेशन, मूल्य कति, अरु कुनकुन रोगको उपचार ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

टाउको नचिरेर गर्ने नशा अपरेशन, मूल्य कति, अरु कुनकुन रोगको उपचार ? (भिडियोसहित)

health

काठमाडौं, १ भदौ । शरीरको विभिन्न भागहरु जस्तै टाउको, खुट्टा, हातको नशाहरु जडित हुने गदैछन् । जसको कारण एकको मार्फत अर्कोको अवस्था बुझ्न सकिन्छ । न्युरो इन्ट्रोरभेन्स यस्तो विधी हो जसको उपचार दिमागमा रगत पुर्याउने नशा सम्बन्धिका दिमाग नखोली उपचार गर्ने गरिन्छ । उदारणका लागि जस्तै नशा बन्द हुनु, मस्तिक घात नशा सुन्निएर फुट्नु ईत्यादि यस विधीबाट उपचार गरिन्छ । यो विधी मेडिकल क्षेत्रमा पछिल्लो समय निकै प्रभावकारी उपचार विधी हो । धेरै जनाको उपस्थित रहेको यस विधी एकदमै महंगो पनि छ ।

सन् १९६०/७० को समयमा दिमागको अध्यनको लागि मात्र न्युरो इन्टरभेन्सन सुरुवात भएको थियो । जसरी सिटीस्क्यान गरेर दिमागको के भईरहेको छ भनेर थाहा पाउन सकिन्छ , त्यसरी नै दिमागको नशामा कै भईरहेको छ भनेर थाहा पाउन अपनाउने विधी हो न्युरो इन्टरभेन्सन । यस विधीमा सबैभन्दा पहिला खुट्टा वा घाँटीका नशाहरुबाट गएर दिमागमा नशाहरु के भईरहेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ । विस्तारै विस्तारै यसका सामाग्रीहरुले दिमागको नशामा हेर्न सकिन्छ भने दिमागको नशामा भित्रबाट यसको उपचार गर्न सकिन्छ । भन्ने कुरा जब चिकित्सकहरुले बुझे त्यस्तै विस्तारै विस्तारै त्यसमा आवश्यक सामाग्रीहरु बनाउँदै गए । ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले न्युरो इन्ट्रोरभेन्सनिस्ट समर्थ सिंह र  न्युरो इन्ट्रोरभेन्सनिस्ट सुवास फुयाँल संग गरेकाे कुराकानी र सुझाब यस्तो छ । भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);