खुकुरी प्रहारबाट चिचिला गाउँपालिकाका गुरुङ गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

खुकुरी प्रहारबाट चिचिला गाउँपालिकाका गुरुङ गम्भीर घाइते

संखुवासभा । संखुवासभाको चिचिला  गाउँपालिका-२ दिदिङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा चिचिला  गाउँपालिका-२ दिदिङका ५० jर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन् ।  खुकुरी प्रहारबाट गुरुङको टाउको,आँखा र शरीरको विभिन्न भागमा चोट लागेको सुवेदीले जानकारी दिए ।

गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन सकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ ।  खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरी निरिक्षको कमान्डमा प्रहरीको टोली घटनास्थल पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);