इलाम अस्पतालमा रुघाखोकी र भाइरल ज्वरोका विरामी बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इलाम अस्पतालमा रुघाखोकी र भाइरल ज्वरोका विरामी बढी

टिका खतिवडा
इलाम, २६ भदौ । इलाम अस्पतालमा विरामीको चाप बढेसंगै अस्पताललाई उपचार सेवा प्रदान गर्न गाह्रो भईरहेको छ । ५० शैय्याको इलाम अस्पतालमा पछिल्लो समय रुघाखोकी र भाइरल ज्वरोका विरामी बढेका छन् ।

सामान्य रुघाखोकी र भाइरल ज्वरोका बिरामी वढेपछि अस्पतालमा सेवाग्राहीको चाप वढेको हो । बिरामीको संख्या बढेपछि सेवा लिन आएकाहरु विरामीहरुलाई समस्या भएको छ ।

इलाम अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीले यता र उता गरेर सेवाग्राहीलाई झन्झट दिने गरेको सेवाग्राहीहरुको गुनासो छ । इमर्जेन्सी र ओपिडीमा कार्यरत डाक्टर र कर्मचारीबीच पनि समन्वय हुन नसक्दा यस्तो समस्या भएको र त्यसको असर सेवाग्राहीलाई पर्ने गरेको उनको भनाई छ ।

इलाम अस्पताल इलामकै एक मात्र सरकारी अस्पताल हो । एउटा मात्र अस्पताल भएरका कारण इलाममा बिरामीको चाप बढेको हो । एक साता यता इलाम अस्पतालमा दैनिक डेढ सयको हाराहारीमा विरामीको चाप बढेको छ ।

बिरामीको संख्या बढेपछि उपचारमा पनि समस्या भएको अस्पतालले जनाएको छ । इलाम अस्पतालमा विशेष गरेर रुघाखोकी र ज्वरोका बिरामी बढेको चिकित्सक दिपिका रिजालले जानकारी दिनुभयो ।

विरामीको चापले अस्पतालको सेवामा सहजता नभएपछि कति विरामीहरु महङ्गो शुल्क तिरेर क्लिनिकमा जँचाउन जान बाध्य भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);