उदयपुरमा भाइरल ज्वरोको प्रकोप बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

उदयपुरमा भाइरल ज्वरोको प्रकोप बढ्यो

jworo

काठमाडौं, २४ साउन । अबिरल बर्षातपछि गर्मी बढेसँँगैै केही दिन यता भाइरल ज्वरोको प्रकोप फैलिएपछि उदयपुरका सरकारी तथा निजी अस्पतालहरुमा बिरामीहरुको चाप बढेर गएको छ । जिल्ला अस्पताल उदयपुरमा एक महिना यता बिरामीको चाप अत्यधिक बढेको निमित्त मेडिकल सुपरिटेन्डेन चन्दन गुप्ताले बताए ।

अस्पतालमा भाइरल ज्वरोको उपचारको लागि दैनिक एक सयको हारहारीमा बिरामीहरु अस्पताल आउने गरेको र ठूलो संख्यामा एकै पटक बिरामीहरु आउँदा अस्पतालका शैयाहरु बिरामीले पुरै भरिएको र करार सेवाका मात्र चिकित्सकहरुले उपचार गर्नु पर्दा सारै कठिन भएको निमित्त मेडिकल सुपरिटेन्डेन गुप्ताले बताए ।

चिकित्सक गुप्ताका अनुसार केही दिन अघिको वर्षातपछि जिल्लामा भाइरल ज्वरोको बिरामी देखा पर्न थालेको हो भन्दै गत वर्ष यति धेरै बिरामी देखिएको थिएन् । तर अहिले अस्पताल आउँने बिरामी मध्ये ८० प्रतिशत जति भाईरल ज्वरोको बिरामी रहेका र त्यस मध्ये पनि विशेषगरी महिला, केटाकटी र बुढाबुढीहरु बढी मात्रामा सो ज्वरोबाट प्रभाबित रहेका छन् । भाईरल ज्वरोसँगै टाईफाईड र झाडापखालाका बिरामीहरुकोे समेत चाप बढ्दै गएको छ ।

सरकारी अस्पताल बाहेक निजी अस्पताल र स्वास्थ्य केन्द्रहरुमा समेत भाइरल ज्वरोका बिरामीहरु त्यतिकै संख्यामा उपचार गर्न आउने गरेका छन् । स्वेता मेडिकल गाईघाटका स्वास्थ्यकर्मि खुशीलाल ठाकुरले भन्ने‘ दैनिक ४० देखि ६० जनासम्म भाईरल ज्वरो र टाइफाइडका बिरामीहरु आफ्नो किल्निकमा उपचार गर्न आउने गरेका छन् ।

सदरमुकाम गाईघाट बाहेकका प्राथमिक स्वास्थ्य केन्द्र र उपस्वास्थ्य चौकीहरुमा समेत भाईरल ज्वरोका बिरामीहरुको चाप बढेको छ । यस पटक भाईरल ज्वरोका बिरामीको संख्या धेरै नैै बढेर गएको ठाकुरले भन्ने । यो एटटा मौसमी रोग र वर्षातमा दुषित पानीले गर्दा भाईरलको बिरामी बढेको हो । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);