ऊर्जामन्त्रीले जुम्लामा विद्युतबारे बोल्दा संसदमै बत्ती गएपछि… | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ऊर्जामन्त्रीले जुम्लामा विद्युतबारे बोल्दा संसदमै बत्ती गएपछि…

barshaman pun

काठमाडौं, २४ साउन । नेकपाका सांसद गजेन्द्र महतले मंगलबार ऊर्जामन्त्री वर्षमान पुन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुम्लामा विद्युत् सेवा दिने विषयमा चासो नदेखाएको बताएपछि संसद्ले चासो देखायो ।

संसद्ले जुम्लामा विद्युत् सेवा पु¥याउने विषयमा जानकारी गराउन रुलिङ ग¥यो । संसद्को रुलिङपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा विद्युत् सेवा विस्तारको विषयमा जानकारी गराउन ऊर्जामन्त्री पुन उपस्थित भए ।

जुम्लामा विद्युत् सेवा विस्तारको प्रक्रिया सुरु गरिएको बताइरहँदा संसद्मै बत्ती गयो । जुम्ली सांसद महतले जुम्लामा अहिले पनि अँध्यारो रहेको बताउँदै सरकारले विदेशमा बिजुली बेच्ने कुरा गरेको तर आफ्नै जुम्लामा विद्युत् सेवा नपुगेको विषयमा चासो नदेखाएको बताएका थिए । जुम्लामा विद्युत् सेवा विस्तारको विषयमा प्रश्न उठाएका महतको जवाफ दिन संसद्को रोस्टममा उभिएका ऊर्जामन्त्री पुनले संसद्मा नै अँध्यारो भोग्नुप¥यो । उनले जुम्लामा विद्युत् सेवा विस्तारको काम सुरु भइसकेको र केही समयमा नै जुम्लामा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि बोलपत्र आह्वान गरिएको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बिहीबार संसद्मा बत्ती निभेको हो । जुम्लामा विद्युतीकरणको विषयमा सांसद महतले उठाएको प्रश्नको जवाफ दिन रोस्टम पुगी मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो । बत्ती निभे पनि उनी बोलिरहे । करिब १५ सेकेन्डपछि बत्ती बल्यो । सांसद महतको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले जुम्लाको समस्या आफूहरूलाई जानकारी भएको भन्दै त्यसको समाधानका लागि पहल गरिरहेको बताए । उनले जुम्लामा बत्ती बाल्न तत्कालका लागि ३ सय केभीएको डिजेल प्लान्ट पठाउने तयारी भइसकेको बताए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);