जुम्लामा जात्रा अवधिभर मदिरा बेचविखनमा रोक लगाइने  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

जुम्लामा जात्रा अवधिभर मदिरा बेचविखनमा रोक लगाइने 

जुम्ला। जुम्लामा कर्णालीकै लामो तथा ठूलो जात्रालाई मध्यनजर गरी मदिरा बेचबिखनमा रोक लगाइएको छ । नेवार समुदायका प्रमुख पर्वको रूपमा रहेको जात्रालाई मध्यनजर गरी जिल्ला प्रशासनले मदिरा बेचबिखनमा रोक लगाइने निर्णय गरिएको हो।

त्यस्तै  जात्रा अवधिभर खानेपानीको व्यवस्था गर्नका लागी खलंगा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघ आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी  विजया कुमारी प्रसाईंले बताइन् । उनका अनुसार जात्रा अवधिभर अस्थायी स्वास्थ्य शिविर र प्राथमिक उपचारको व्यवस्था गर्न जनस्वास्थ्य सेवा कार्यालय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकालाई  अनुरोध गरिएको छ । त्यस्तै फोहोर मैला व्यवस्थापनलाई मध्यनजर गरी अस्थायी शौचालय बनाउने  निर्णय गरिएको छ । प्रअिज प्रसाईंले सो अवधिभर ट्राफिक व्यवस्थापका लागी  जिल्ला प्रहरी जुम्लालाई आग्रह गरिएको बताइन् । जात्रालाई  मध्यनजर गरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको छ । जात्रा हेर्न आउने जात्रालुलाई मध्यनजर गरी स्वयम सेवक परिचालन गरिने छ । उनले भनिन्, ‘यही साउन १० गतेबाट विधिवरुपमा सुरु गरिने भएको छ । उनका अनुसार पछिल्ला केही वर्षयता जुम्लामा मनाइने जात्राको परम्परागत मूल्य मान्यतामा फरक देखिन थालेको छ।’

त्यस्तै नागरिक समाजका अध्यक्ष राज बहादुर महतले जात्रालाई व्यवस्थित बनाउनका लागी सुरक्षा कर्मी र सरोकारवाला सबैको सहयोग गर्नु पर्ने बताए । त्यस्तै नेपाल पत्रकार महसंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले संकृतिकसँग जोडिएका  विकृति हटाउनु पर्ने बताइन् । शाहीले, जुम्लामा  देखाइने जात्रामा महिलाले प्रयोग गर्ने भित्रिबस्त्रहरूको प्रदर्शन रोक्नु पर्ने बताइन् ।  त्यस्तै  खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयका प्रमुख डाक्टर  ईश्वर सुवेदीले  संस्कृति, र धर्ममा नाममा उठाइने शुल्क स्वइच्चुक गर्नु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी प्रसाईंले  संस्कृतिक बचाउने नाममा गरिने विकृत हटाएर समाजमा सचेतना मूलक सन्देश दिन जरुरी रहेको बताइन् । यो जात्रामा  समाजमा रहेका बिसंगति विकृति  अन्त्ये गर्ने खालका सन्देश युवा पुस्ताले देखाउनु पर्ने बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);