सांस्कृतिक तथा ऐतिहासिक महत्वको बिस्केट जात्रा आज सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सांस्कृतिक तथा ऐतिहासिक महत्वको बिस्केट जात्रा आज सुरु हुँदै

bisketjatra

काठमाडौं, २७ चैत । सांस्कृतिक तथा ऐतिहासिक महत्वको बिस्केट जात्रा आज सुरु हुँदैछ ।

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा भैरवनाथको पूजासँगै सुरु हुन्छ । जात्राको पहिलो दिन आज पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानिने छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले भैरवनाथको रथ बैशाख ५ गते गहिटी पुर्याएपछि जात्रा सकिन्छ । जात्रालाई शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जात्रा हुने ३४ स्थानमा सिसी टिभी क्यामरा जडान गरिएको जानकारी दिए ।

यसबाहेक जात्राको सुरक्षाका लागि एक हजार ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जात्रा अवधिभर भक्तपुरमा मदिराको बिक्री वितरणमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ । बिस्केट जात्राको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच हरेक वर्ष ढुंगा हानाहान र झडप हुने गर्दछ । प्रमुख जिल्ला अधिकारी पोखरेलले झगडा गर्ने एवं ढुंगा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाउने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);