बिस्केट जात्राको तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बिस्केट जात्राको तयारी अन्तिम चरणमा

२६ चैत, काठमाडौं । भक्तपुरमा मनाइने बिस्केट जात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।

बिस्केट जात्राको तयारी अन्तिम चरणमा

२६ चैत, काठमाडौं । भक्तपुरमा मनाइने बिस्केट जात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी चैत २८ गतेदेखि सुरु भइ वैशाख ५ गतेसम्म चल्ने जात्राको मुख्य आकर्षणका रुपमा रहेको लिङ्गो उठाउनका लागि गुठी संस्थान भक्तपुरले सूर्यविनायक नगरपालिका स्थित चित्तपोलको सल्लाघारी वनबाट करिब ५५ हात लामा दुई लिङ्गो जात्रास्थलमा ल्याइसकेको छ । 

वैशाख सुरु हुनु चार दिनअघि सुरु हुने बिस्केट जात्रामा मसान्तको दिन डोरीको सहायताले हजारौँ जात्रालुले लिङ्गो तानेर उठाउने गर्छन् । लिङ्गोलाई प्रत्येक वर्षको नयाँं दिन अर्थात् वैशाख १ गते साँझ ढाल्ने गरिन्छ ।

जात्राका लागि अत्यावश्यक मानिएको भैरब र भद्रकालीको रथ निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । चैत २८ गते जात्राको सुरुको दिन रथ तान्नका लागि आवश्यक पर्ने डोरी खरिद गर्ने काम पनि सम्पन्न भएको गुठी संस्थानले जनाएको छ । यस वर्ष जात्रा सञ्चालनका लागि करिब २८ लाख रुपौया खर्च हुने अनुमान गरिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);