बिस्का जात्रा आजबाट सुरु, ९ दिन ८ रात जात्राको रौनक | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बिस्का जात्रा आजबाट सुरु, ९ दिन ८ रात जात्राको रौनक

भक्तपुर, २८ चैत । सांस्कृतिक तथा ऐतिहासिक महत्व रहेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु भएको छ ।

आज साँझ टौमढीस्थित ङातापोल पाँचतल्ले मन्दिर अगाडिबाट भैल खः भैरवनाथको रथ तानातान गर्दै शुरुआत बिस्का जात्र सुरु गरिनेछ । यो जात्रासँगै भक्तपुरमा नौ दिन आठ रात बिस्का जात्राको रौनक हुनेछ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको बिस्का जात्रा सुरु हुन्छ ।

यसवर्ष दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ । भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर कार्ययोजना तय गरेको बताइएको छ । तालिकाअनुसार आज बिहान ५ बजे नै भैरवनाथको महास्नान पूजा र साढे ५ बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा गरिएको छ ।

संस्कृतिविद् एवं इतिहासविदहरुका अनुसार बिस्का जात्रा त भैरवनाथ र भद्रकालीसँग सम्बन्धित छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);