गुल्मीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

गुल्मीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

गुल्मी, २८ चैत । गुल्मीमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गुल्मी दरबार गाउँपालिका गौंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्बरको मोटरसाईकल गुल्मी दरबार गाउँपालिका सात घुम्तीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी सोही स्थानका ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।

उनको जिल्ला अस्पताल गुल्मीमा उपचारका क्रममा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);