गुल्मीमा जीप दुर्घटना अपडेट : मृतक तीनै जनाको सनाखत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गुल्मीमा जीप दुर्घटना अपडेट : मृतक तीनै जनाको सनाखत

गुल्मी । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना परि मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय तेजेन्द्र थापा, चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्ने बर्ष ४४ का रेशम कार्की र रेसुङ्गा नगरपालिका वडा न २ बाख्रेछेडा बस्ने बर्ष ६२ कि सुनिता बिक भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

जिल्लाको चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरको जीप दुर्घटना भएको वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिए ।

जीपमा १० जना सवार थिए । जीप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारे बुझिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);