गुल्मीमा ट्रक दुर्घटना, चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गुल्मीमा ट्रक दुर्घटना, चालकको मृत्यु

गुल्मी । गुल्मीको रेसुङगा नगरपालिका–१० काभ्रेपैरोमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीकै गुल्मीदरबार गाउँपालिका–३ गौडाकोटका ३८ वर्षीय रण बहादुर ढेगा रहेका छन् । अचानक सडक भासिएर राङबासबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १८६६ नम्बरको ट्रक अन्दाजी ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);