ट्रक दुर्घटनामा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ट्रक दुर्घटनामा चालकको मृत्यु

truck accident

बिमल जैरु

डडेल्धुरा, २५ जेठ । धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । के आईसिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा नम्बर १० राई मा शनिबार राति ११ बजे धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ना ५ ख नम्बरको ट्रक दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ ।

धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको मालबाहक ट्रक शनिबार राती ११ बजे दुर्धटना भएको भएपनि आफु हरुलाई आईतबार बिहान १० बजे स्थानीयले जानकारी गराएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराका डिएसपी दधिराम नौपानेले बताउनुभयो ।

ट्रक सडकबाट ४० मिटर तल खस्दा जिल्ला बैतडी पाटन नगरपालिका ८ खोडपेका ४८ बर्षिय जयदेव बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ । दुर्धटनाको कारण ब्रेक फेल भएको प्रहरीको अनुमान छ ।

चालकको सव ट्रक मुनि च्यापिएको अवस्थामा प्रहरीले निकालेको थियो । जिल्ला प्रहरी कार्यलयका डीएसपीका अनुसार शवलाई पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);