धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०७९, सोमबार

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–६ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Leave a Reply