आइटी पार्क नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आइटी पार्क नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आइटी पार्क नजिकै गएराती भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलाल्चोकको बलेफी नगरपालिका–६ का अन्दाजी २८ वर्षीय फुलकाजी तामाङ रहेका छन् । पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले गएराती साढे ९ बजे ठक्कर दिएको थियो ।  गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि अस्पताल तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटना लगतै सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);