विश्व वातावरण दिवस : मझुवागढी पदमार्गकाे सफाई  | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

विश्व वातावरण दिवस : मझुवागढी पदमार्गकाे सफाई 

खोटाङ। विश्व वातावरण दिवसको अवसरमा खोटाङस्थित धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने पदमार्ग सरसफाई गरिएको छ । ‘पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नाराका साथ मनाइएको दिवसको अवशरमा आइतबार बिहान दिक्तेलबजारको हाटडाँडादेखि मझुवागढीसम्मको पदमार्ग सरसफाई गरिएको हो ।

दिवसको अवसरमा पदमार्ग आसपासमा यत्रतत्र छरिएका बिस्कुट, चाउचाउ, चकलेटका खोल, प्लाष्टिकको खाली बोत्तल लगायतका फोहोरमैला संकलन गर्दै व्यवस्थापन गरिएको छ । डिभिजन वन कार्यालय र सामुदायीक वन उपभोक्ता महासंघको आयोजना तथा प्रगतिशील युवा सञ्जालको व्यवस्थापनमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम गर्दै दिवस मनाइएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, पूर्व जिविस सभापति एवं कांग्रेस सभापति विष्णुकुमार राई, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ, डिभिजन वन कार्यालयका निमित्त प्रमुख जगदीश रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिवालय सदस्य सूर्य राई, महासंघका पुर्वकेन्द्रीय सदस्य मोहन गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, नेकपा एसको नगर कमिटि अध्यक्ष यादवसेन राई, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतको सहभागीतामा सरसफाई गरिएको हो । सरसफाई गर्दै मझुवागढीमा पुगेर औपचारिक कार्यक्रमबीच विश्व वातावरण दिवस समापन गरिएको थियो ।

कार्यक्रममा मेयर भट्टराईले हरेक महिनाको अन्तिम शनिबार मझुवागढी पदमार्ग सरसफाई अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कार्यक्रम डिभिजन वन कार्यालयका निमित्त प्रमुख रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);