कास्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

कास्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु 

कास्की। कास्कीको पोखरा महानगरपालिका–२७ अर्घोचोकमा हिजो बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनँहुको घिरिङ गाँउपालिका–१ घर भई हाल अर्घोचोक बस्ने अन्दाजी ६५ बर्षीय राजी भनेर चिनिने ईमराज लामिछाने रहेका छन् ।बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पोखरा स्थित पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा राती सवा ९ बजे मृत्यु भएको हो । पोखराबाट तनँहु तर्फ जादै गरेको ना७ख ४९७६ नम्बरको बसले हिजो बेलुकी पौने ९ बजे पैदलयात्री लामिछानेलाई ठक्कर दिएको थियो । बस चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार