बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु, चालक फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु, चालक फरार

काठमाडौं । काठमाण्डौको बालाजुमा बिहीबार बिहान बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–५ घर भइ काठमाण्डौको मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र अन्दाजी ५० वर्षीया महिला रहेका छन् । मृतक महिलाको भने सानाखत हुन बाँकी रहेको छ । 

बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । बिहीबार बिहान ६ बजे माछापोखरीबाट बालाजुतर्फ जाँदै गरेको नम्बर नखुलेको बसले पैदल हिडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात बस सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी बृत्त बालाजुले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);