लालमटियामा १३ औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लालमटियामा १३ औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवस मनाइयो

ओमप्रकाश गुप्ता,
लालमटिया । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा १३ औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसको अवसरमा गिद्ध संरक्षण सम्बन्धी सरोकारवाला निकायहरु बीच अन्तरक्रिया कार्यक्रम शुक्रवार लालमटियामा सम्पन्न भएको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समुह लालमटियाद्धारा सञ्चालित पशु वृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्र लालमटिया र नेपाल पंक्षी संरक्षण केन्द्र लाजिम्पाट काठमाडौंको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

सामुदायिक वनका अध्यक्ष भिमकान्त भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले गिद्धहरुको बास स्थान संरक्षण गर्नुपर्ने सुझाव दिएका थिए । त्यसै गरी उनीहरुले गिद्ध दाङमा दुर्लभ पंक्षी भएकाले पशु र गिद्ध संरक्षणमा सवैले ध्यान दिनुपर्ने, वृक्षारोपण गर्नुपर्ने, सुधारिएको गोठ निमार्ण गर्नुपर्ने र सञ्चार माध्यममा प्रचार प्रसार गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, नेपाल पंक्षी संरक्षण केन्द्रका फिल्ड अधिकृत भुपाल नेपाली, राप्ती सव डिभिजन वन कार्यालयका फरेस्टर दामोदर डाँगी, प्राविधिक विष्णु पोख्रेल, रामजहदी सामुदायिक वनका सहसचिव होमप्रसाद आचार्र्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद महेश रिजाल, समाजसेवी तथा बुद्धिजीविहरु मालिका आचार्य, गिरिजा भुसाल लगायतका वक्ताहरुले आ आफ्नो भनाई राखेका थिए ।

यमबहादुर रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सामुदायिक वनकी सचिव शिला पौडेलले गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);