गिद्ध नेपालबाट लोप हुने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

गिद्ध नेपालबाट लोप हुने अवस्थामा

vultures

काठमाडौं, २० जेठ । प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्ध नेपालबाट लोप हुने अवस्थामा पुगेको छ ।

आहार र बासस्थान संकटमा परेकाले गिद्ध लोप हुने अवस्थामा पुगेको हो । कर्णालीका भीरपाखामा बसोबास गर्दै आइरहेका गिद्ध पछिल्लो समय देखिन छोडेको छ । भीरपाखामा मरेका जीव जनावर जथाभावी फ्याक्ने क्रम नरोकिएका गिद्ध लोप हुन थालेको कालिकोट त्रिवेणी गाउँपालिका पशुपंक्षी सेवा कार्यालयका प्रमुख नेत्रबहादुर शाहीले बताए ।

सरकारले गिद्ध संरक्षणका लागि अभियान चलाएपनि प्रभावकारी भएको छैन । विश्वमा २३ प्रजातिका गिद्धमध्ये नेपालमा ९ प्रजातीका गिद्ध पाइन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);