लोपउन्मुख गिद्धको संरक्षणमा कपिलवस्तुवासी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

लुम्बिनी, १७ भदौ । कपिलवस्तुवासी गिद्ध संरक्षणमा जुटेका छन् । बासस्थानको अभावमा गिद्ध लोप हुने अवस्थामा पुगेपछि स्थानीय नै गिद्ध संरक्षणमा जुटेका हुन् ।

 

गिद्धलाई प्रकृतिको कुचिकार मानिन्छ । मरेका जनावर खाने गिद्धको संख्या घट्दै गएपछि दुर्गन्ध फैलदा स्थानीयले गिद्धको आवश्यकता महसुस गरेका छन् । मरेका जनावर र फालेका मासुजन्य फोहर खाई वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन गिद्धको महत्वपूर्ण भूमिका रहेको छ । गिद्ध संरक्षणले रेवीज, प्लेग हैजाँ, आँऊ, झाडापखाला, एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टिवि) जस्ता सरुवा र घातक रोग फैलिनबाट रोक्दछ ।

 

 

गिद्ध संरक्षणकालागि सरकारले २०६३ को जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ । अहिले विश्वभर २३ प्रजातीका गिद्ध पाईन्छन् । त्यस मध्ये दक्षिण एशियामा ९ र नेपालमा ८ प्रजातीका गिद्ध पाईन्छन् । नेपालमा पाईने ८ प्रजातीका गिद्धमा सानो खैरो, डंगर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);