सौराहमा आन्तरीक र वाह्य पर्यटकको घुईचो, होटल तथा लजहरु भरीभराउँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सौराहमा आन्तरीक र वाह्य पर्यटकको घुईचो, होटल तथा लजहरु भरीभराउँ

saurah

राजेन्द्र आचार्य

चितवन, १ बैशाख ।  मुलुककै तेश्रो पर्यटकीय गन्तव्य सौराहामा अचेल पर्यटकहरुको दैनिक घुईचो लाग्न थालेको छ । भुकम्प, नाकावन्दी, नारायणगढ मुग्लिन सडकको अवरोधका कारण सुस्ताएको चितवनको सौैराहा क्षेत्रमा नयाँ वर्ष २०७६ सँगै बाह्य भन्दा आन्तरिक पर्यटकहरुको घुईचो लागेको हो ।

यतिवेला चितवन सौराहाका होटल बुकिगं भई भरिभराऊ भएका छन् । सुस्ताएको सौराहा सहितको पर्यटकीय क्षेत्रहरूमा अहिले नयाँ वर्षसँगै सोचे भन्दा दोव्बर बढी आन्तरिक पर्यटकको घुइचो लागेकोपछि पर्यटन वयवसायीहरुमा खुसीयाली छाएको हो । नयाँ वर्ष २०७६ को पूर्व सन्ध्यामा सौरहाका होटलहरुमा गत वर्षभन्दा दोब्बर पर्यटकहरु भित्रिएको व्यवसायीहरु बताउँछन् ।

नारायणगढ मुग्लिन सडकको दरावस्थाका कारण सौराह लगाएत पश्चितम क्षेत्रका पर्यटकीय स्थलमा जाने पर्यटकहरुलाई निराश बनाएको छ । त्यसका बावजूद पनि नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकहरु विभिन्न अवरोधको सामना गर्दै गन्तव्यमा पुग्ने गर्छन । आन्तरिक मात्र होइन विदेशी पर्यटकहरुपनि अहिले विगत भन्दा धेरै नै बढी देखिएका छन् ।

सौराह पुग्ने पर्यटकहरु खासगरी चितवन राष्ट्रिय निकुञ्जका गैँडा, हात्ती नहेरी फर्कदैनन् । लामोसमयदेखि सुस्ताएको व्यवसाय अहिले फस्टाएको छ । निकुञ्ज घुम्दा देखिने पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर पन्क्षीहरूले पर्यटकको मन जित्ने गरेकाम छ ।

निकुञ्जमा जिप सफारी, हात्तीबाट वन सफारी, डुङ्गा सयर, जङ्गल घुमफेर, हात्ती प्रजनन केन्द्र अवलोकन, निकुञ्जका गोही प्रजनन, कछुवा संरक्षण र गिद्ध संरक्षण केन्द्र अवलोकन गर्दै पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर चराचुरुगींले पर्यटकको मन लोभाउने गर्दछ । गएको वर्ष भन्दा अहिले ४० प्रतिशत पर्यटकको संख्या वृद्धि भएको क्षेत्रिय होटल संघले जनाएको छ । चितवनको सौराहा मात्रै नभई भरतपुर, पटिहानी, जगतपुर, मेघौलीका होटलहरूमा पनि आन्तरिक पर्यटकको सख्या ह्वात्तै वढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);