वीरेन्द्रनगरमा अझै लोडसेडिङ उस्तै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

वीरेन्द्रनगरमा अझै लोडसेडिङ उस्तै

surkhet

विवश कुमार सेजुवाल

सुर्खेत, १ बैशाख । नेपाल विद्युत प्राधिकरणले नेपालमा लोडसेडिङको अन्त्य गरेको घोषणा गरे पनि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अझै लोडसेडिङ हटेको छैन । विभिन्न बाहानामा अहिले पनि दिनदिनै जस्तो वीरेन्द्रनगरमा बत्ति जाने र आउने भइरहेको छ । अघोषित लोडसेडिङले गर्दा विशेष गरी विद्यार्थी, कम्प्युटर पसल र ईलेक्ट्रोनिक ब्यापारीहरु मर्कामा परेका छन् ।

नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ सदाको लागि अन्त्य भएको घोषणा गरेको छ । सरकारले पनि यसलाई सरकारको उपलव्धीको रुपमा प्रचार गर्दै आएको छ । विगतमा लोडसेडिङ गर्ने को को हो भनेर खोजी गर्ने उद्घोष पनि सरकारले गरिसेको छ । यसरी लोडसेडिङको अन्त्य भएको भनेर सरकारले गर्वका साथ राष्ट्रिय प्रसारणबाट प्रचार गरिरहंदा विकासले पछाडि परेको भनेर चिनिएको कर्णाली प्रदेश भने अझेै लोडसेडिङ मुक्त छैन । विकट जिल्लाको के कुरा ? कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अचेल पनि दैनिक ४ घण्टासम्म लोडसेडिङ हुने गरेको छ । घण्टौ बत्ति नआउंदा स्थानीय बासिन्दाको गुनासो गरिरहेका छन् ।

बत्ति नआए ०८३ ५२२११७ नम्बरमा फोन गर्नु भनेर प्राधिकरणले नम्बर दिएको छ । तर त्यो नम्बरमा दैनिक ५० औ पटक कल गर्दा पनि यो फोन कसैले उठाउंदैनन् । माउन्टेन टेलीभिजन कर्णाली ब्युरोको टिम ४ः३० मा नेपाल बिद्युत प्राधिकरणको सुर्खेत जिल्ला कार्यलयमा पुग्दा कार्यालयका प्रसाशन विभाग प्रमुख नगेन्द्र प्रसाद गिरी भेटिएनन् । युटुब हेरर बसेका गिरीलाई फोन नउठ्नुको कारण सोध्दा जवाफ दिन आनाकानी गरे । यही कुरालाई नेपाल विद्युत प्राधिकरण सुर्खेतका हाकिम सुरज भण्डारीलाई भेटी साधेका थिए ।

यसरी कर्णाली प्रदेशका जनताले अघोसित रुपमा लोडसेडिङको पिडा खेपिरहेका छन् । यो सरोकार वालाहरुले बेलैमा ध्यान दिन जरुरी देखिन्छ । कर्मचारी आफ्नो कामप्रति जिम्मेवार नबन्ने र जनताले यो सास्ती भोग्ने हो भने कर्णालीका जनताले यो दुखबाट कहिले छुट पाउने ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);