ललित सिंह , बझाङ , १७ भदौ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका १० पानकोटमा प्रहरीद्वारा एक महिला माथि बलात्कार गर्ने प्रयास गरिएको छ ।
गएराती प्रहरी कार्यालय अगाडि रहेको घरमा श्रीमान्सँग सुतिरहेको अवस्थामा करुणा खड्का (नाम परिवर्तन) माथि वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान पदम साँउदले उनलाई बलात्कार गर्ने प्रयास गरेका हुन् ।
महिलाले प्रहरीलाई दिएको बयान अनुसार ती प्रहरीले मादक पदार्थ सेवन गरेका थिए । प्रहरीको र्दुव्यवहार विरुद्ध उनले वडा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । दुरव्यवहार गर्ने प्रहरी माथि कार्बाही हुनुपर्नेमा उल्टै प्रहरीको मिलेमत्तोमा भगाइएको उनका श्रीमानको आरोप छ ।
डियुटीमा रहेको समयमा मादक पदार्थ सेवन गरी महिलामाथि बलात्कार प्रयास गर्ने साउद माथि कडा भन्दा कडा सजाए गरिने प्रहरी नायब उपरिक्षक ऋषिराम कडेंलले जनाएका छन् ।




