तातोपानी नाका छिट्टै खुल्छ : वाणिज्य मन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

तातोपानी नाका छिट्टै खुल्छ : वाणिज्य मन्त्री

tatopani

काठमाडौं, १७ भदौ । वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले तातोपानी नाका छिट्टै खुल्ने बताएका छन् । मन्त्री विश्वकर्माले केरुङ नाकालाई सहज बनाउन सरकार लागि परेको बताए ।

 

शनिवार काठमाडौंमा आयोजित रञ्जना व्यापार संघको तेस्रो साधारण सभामा बोल्दै उनले केरुङ नाकालाई सहज बनाउन सरकारले कूटनीतिक पहल गरिरहेको बताए ।

 

सरकारले चीनसँगको व्यापारलाई सहज बनाउन केरुङ नाकालाई व्यवस्थित बनाउनु पर्नेमा उनले जोड दिए । मन्त्री विश्वकर्माले भन्सार पारवहन समस्यालाई सहज बनाउने सरकार लागि परेको बताए । मन्त्री विश्वकर्माले चीनसँगको व्यापारलाई सहज बनाउन चिनियाँ भाषा सिक्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);