मुलुकको समृद्धिका लागि युवालाई दक्ष बनाउनुपर्छ : मन्त्री विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुकको समृद्धिका लागि युवालाई दक्ष बनाउनुपर्छ : मन्त्री विश्वकर्मा

काठमाडौं, २ असार । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मुलुकको समृद्धिका लागि युवाहरुलाई दक्ष बनाउने अभियानलाई सरकारले जोड दिएको बताएका छन् ।

मन्त्री विश्वकर्माले कृषि, पर्यटन र उर्जा क्षेत्र मुलुकको समृद्धिको मूल आधार रहेको उल्लेख गर्दैै त्यसमा युवाहरुलाई परिचालन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले सरकारले विकास, समृद्धि र सुशासनमा केन्द्रित भएर काम गरिरहेको दावी गरे ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपालको कृषि विकासमा रुपान्तरण र युवाको भूमिका’ विषयक गोष्ठीमा बोल्दै मन्त्री विश्वकर्माले कृषि क्षेत्रबाट मुलुकलाई समृद्ध बनाउन युवाहरुलाई परिचालन गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे।

मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकासबाट पनि मुलुकलाई समृद्ध बनाउन पहल गरिरहेको दावी गरे । उनले सबै क्षेत्रको सन्तुलित विकास गरेर अघि बढने काममा सरकार लागि परेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);