उर्जा र सिंचाई मुलुक समृद्धिको मुख्य आधार : मन्त्री पुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उर्जा र सिंचाई मुलुक समृद्धिको मुख्य आधार : मन्त्री पुन

काठमाडौं, २७ वैशाख । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले उर्जा र सिंचाईलाई मुलुकको आर्थिक समृद्धिको मुख्य आधार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री पुनले उर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउने योजना अघि सारे । उनले सुशासनको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे । नेपाल चेम्बर अफ कमर्शले बिहिबार काठमाडौंमा आयोजना गरेको ‘उर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि जलस्रोत चालक शक्तिको रुपमा रहेको बताए ।

मन्त्री पुनले सुशासनलाई कायम राख्न सरकारले अधिकतम पहल गर्ने बताए । उनले विकास र समृद्धिका लागि प्राप्त अवसर सदुपयोग गरेर अघि बढ्ने उल्लेख गरे । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकलाई उर्जामा आत्मनिर्भर बनाउने सरकारको योजनामा आफूहरुले साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);