आगामी तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आगामी तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने

electricity

काठमाडौं, २६ बैशाख । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पनुले आगामी तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने उद्घोष गरेका छन् ।

मंगलबार मन्त्रालयको भावी मार्गचित्र सार्वजनीक गर्दै मन्त्री पुनले ३ वर्ष भित्र मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउने बताएका हुन्। उनले विद्युत चुहावट न्यूनिकरण र नियन्त्रण, भार व्यवस्थापन र उर्जा दक्षता कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । मार्ग चित्रमा लक्षित वर्गमा उर्जा विशेष कार्यक्रम सञ्चालन गरिने, विपन्न वर्गलाई निःशुल्क इनर्जी मिटर जडान गर्ने, उत्पादित विद्युत उपभोक्ता समक्ष पु¥याउन विद्य्रुत वितरण प्रणालीको आधुनिकीकरण गर्ने लगायतका बुँदा समावेस छ ।

त्यस्तै सिंचाई क्षेत्रको विकासका लागि सिंचित कृषि क्षेत्रको अभिवृद्धिमा जोड दिँदै सिंचाई सेवा शुल्कलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी व्यवस्था मिलाउने मार्गचित्रमा उल्लेख छ । मन्त्री पुनले तराई–मधेशमा निर्माण भएका ट्यूवबेलहरुमा विद्युत सेवा प्रवाह र सोलार प्रविधिको उपयोग गर्न भरपर्दो वितरण लाईनको व्यवस्था गर्ने, नदी किनारा अतिक्रमण गरी बस्ती विकास, घर निर्माण र अन्य उपयोग गर्ने कार्यलाई तत्काल रोक्न आवश्यक ऐनको व्यवस्था गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);