तीन बर्षमा मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ मन्त्री : भुसाल | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

तीन बर्षमा मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ मन्त्री : भुसाल

काठमाडौं । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले जलविद्युतको विषयमा उठाएका प्रश्नको जवाफ दिँदै जलस्रोत तथा उर्जामन्त्री पम्फा भुसालले पछिल्लो समय तीव्ररूपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेकी छन् । उनले चालु आर्थिक वर्षमा नेपालमा विद्युत आयात भन्दा निर्यात बढी भई निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गर्दै उक्त कुराको दाबी गरेकी हुन् । बैठकमा बोल्दै मन्त्री भुसालले नेपालले भारतको इनर्जी एक्सेन्ज बजारमार्र्फत ३६४ मेगावटसम्मको विद्युत खरिद बिक्री गर्ने गरेको जानकारी समेत दिएकी छन् । उनले नेपालले वार्षिक १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्ष मात्रै बाँकी रहेको बताएकी छन् । अहिलेसम्म विद्युत खरिद बिक्री सम्झौता र विद्युत उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा उक्त लक्ष्य पूरा गर्न भने कठिन रहेको स्वीकार मन्त्री भुषालले गरेकी छन् ।

Leave a Reply