'आगामी तीन वर्षभित्र देश विद्युतमा आत्मनिर्भर' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘आगामी तीन वर्षभित्र देश विद्युतमा आत्मनिर्भर’

काठमाडौं, २५ वैशाख । सरकारले आगामी तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मंगलबार सार्वजनिक गरेको मन्त्रालयको भावी मार्गचित्रमा ३ वर्ष भित्र मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउने उल्लेख गरिएको हो ।

पत्रकार सम्मेलन गरी मन्त्रालयको भावी मार्ग चित्रबारे सार्वजनिक गर्दै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विद्युत चुहावट न्यूनिकरण र नियन्त्रण, भार व्यवस्थापन र उर्जा दक्षता कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने योजना अघि सारिएको जानकारी दिए ।

आगामी चित्रमा लक्षित वर्गमा उर्जा विशेष कार्यक्रम संचालन गरिने स्पष्ट पारिएको छ । मन्त्री पुनले विपन्न वर्गलाई निःशुल्क इनर्जी मिटर जडान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

त्यसैगरी उत्पादित विद्युत उपभोक्ता समक्ष पु-याउन विद्युत वितरण प्रणालीको आधुनिकीकरण एवम् विस्तार गरिनेछ । मन्त्री पुनले विद्युत प्रशारण लाईन, संचार पूर्वाधार एवम् राजमार्ग तथा सडकलाई एकीकृत करिडोरको अवधारणा अनुरुप अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मार्ग चित्रमा सिंचाई क्षेत्रको विकासका लागि सिंचित कृषि क्षेत्रको अभिवृद्धिमा जोड दिने उल्लेख गरिएको छ । मन्त्री पुनले सिंचाई सेवा शुल्कलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी व्यवस्था मिलाउने बताए ।

उनले तराई–मधेशमा निर्माण भएका ट्यूवबेलहरुमा विद्युत सेवा प्रवाह र सोलार प्रविधिको उपयोग गर्न भरपर्दो वितरण लाईनको व्यवस्था गर्ने, नदी किनारामा अतिक्रमण गरी बस्ती विकास, घर निर्माण र अन्य उपयोग गर्ने कार्यलाई समेत तत्काल रोक्न आवश्यक ऐनको व्यवस्था गर्ने बताए ।

मन्त्रालयले सार्वजनिक गरेको भावी मार्गचित्रमा आगामी १० वर्षलाई उर्जा दशकको रुपमा अघि बढाउने योजना पनि अघि सारिएको छ । मन्त्री पुनले मुलुकलाई समृद्ध बनाउन पानीको उपयोगलाई बढाउने गरी मन्त्रालयले आफ्नो भावी मार्ग चित्र सार्वजनिक गरेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);