३ वर्ष भित्र देश जलविद्युतमा आत्मनिर्भर हुन्छ : उर्जामन्त्री पुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३ वर्ष भित्र देश जलविद्युतमा आत्मनिर्भर हुन्छ : उर्जामन्त्री पुन

काठमाडौं, २९ साउन । काठमाडौं, २९ साउन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले ३ वर्ष भित्र हिँउद याममा पनि देश जलविद्युतमा आत्मनिर्भर हुने दावी गर्नुभएको छ ।

ईमाउण्टेनटिभीसंग कुरा गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जलविद्युतमा देश आत्मनिर्भर हुने क्रममा रहेको बताउनु भएको छ । वर्खायाममा देश जलविद्युतमा आत्मनिर्भर भईसकेको र भारतमा निर्यात समेत गरिरहेको उहाँको भनाई छ । हिँउदेयाममा अहिले आयात गर्नुपर्ने अवस्था रहेपनि ३ वर्ष भित्रमा देश आत्मनिर्भर भईसक्ने उहाँको दावी छ ।

गत आर्थिक वर्षमा जलविद्युत उत्पादन २ हजार मेघावाट पु¥याउने सरकारको लक्ष्य कोरोना संकटका कारण सम्भव हुन नसकेपनि चालु आर्थिक वर्षमा जलविद्युतको उत्पादन ३ हजार मेघावाट पु¥याउने मन्त्री पुनको दावी छ ।

देशलाई जलविद्युतमा आत्मनिर्भर बनाउन मन्त्रालयले काम गरिरहेको र मन्त्रालयले निजीक्षेत्रलाई पनि यो जलविद्युत उत्पादनमा प्रोत्साहित गर्दै अगाडी बढीरहेको मन्त्री पुन बताउनु हुन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);