सुनचाँदीको मूल्य फेरि बढ्यो, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुनचाँदीको मूल्य फेरि बढ्यो, तोलाको कति ?

काठमाडौं, २९ साउन । नेपाली बजारमा सुनचाँदीको भाउ बिहीबार फेरि बढेको छ । सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि हिजो बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो ।

यस्तै तेजाबी सुन तोलाको ९७ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदी पनि तोलामा ८५ रुपैयाँ बढेर एक हजार २ सय ९५ रुपैयाँ पुगेको छ ।

बुधबार चाँदी तोलामा २ सय २५ रुपैयाँले घटेर १२१० रुपैयाँमा कारोबार भएको थियो । कोरोना संक्रमण बढिरहँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले भाउ महँगो हुँदै तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।

तर रुसले कोरोनाविरुद्धको खोप तयार गरेको दाबी गरेपछि बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ युरोपियन देशले खोपमा अविश्वास गरेपछि बिहीबार फेरि भाउ बढेको आँकलन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);